Kathmandu Press

हराएको ख्वापा (मुकुण्डो) खोजिदिन आग्रह

काठमाडौं, साउन १३ : पाँगा सापारु (गाईजात्रा) मा प्रयोग हुँदै आएको आठवटा ख्वापा (मुकुण्डो) मध्ये एउटा ख्वापा हराएको छ।गत वर्ष सापारु सकेको केही...
हराएको ख्वापा (मुकुण्डो) खोजिदिन आग्रह

काठमाडौं, साउन १३ : पाँगा सापारु (गाईजात्रा) मा प्रयोग हुँदै आएको आठवटा ख्वापा (मुकुण्डो) मध्ये एउटा ख्वापा हराएको छ।

गत वर्ष सापारु सकेको केही महिनापछि एउटा ख्वापा चोरी भएको कीर्तिपुर नगरपालिका–८ का वडाध्यक्ष विनोद महर्जनले जानकारी दिए।

Hardik ivf

‘गत वर्ष पाँगा सापारु (गाई जात्रा) भएपछि थन्काएर राखेको ख्वापा कसले चोर्यो चोर्यो,’ उनले भने । ख्वापा हराएको जानकारी आएपछि खोजीकार्य भइरहेको उनले बताए । उक्त ख्वापा निकै महत्वपूर्ण रहेको भन्दै उनले बताए।

‘ख्वापाको खोजी कार्य भइहेको छ । नभेटिएको खण्डमा पनि गाईजात्रा त रोक्नुु भएन,’ उनले भने, ‘त्यसका लागि नयाँ ख्वापा पनि तयार गर्दैछौ ।’

आफ्नो वरीपरि नजिक कतै ख्वापा देखिेएभेटिए नजिकको प्रहरी चौकी वा वडा कार्यालयमा खबर गरिदिन उनले आह्वान गरेका छन्।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्