Kathmandu Press

राज कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं, साउन १२ : पोर्नोग्राफिक फिल्म बनाउने आरोपमा गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई मुम्बईस्थित एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति...
राज कुन्द्रालाई १४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौं, साउन १२ : पोर्नोग्राफिक फिल्म बनाउने आरोपमा गत सोमबार पक्राउ परेका राज कुन्द्रालाई मुम्बईस्थित एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ।

उनी बलिउडकी चर्चित अभिनेत्री शिल्पा सेट्ठीका पति हुन् । व्यवसायीसमेत कुन्द्रामाथि एपको माध्यमबाट पोर्नोग्राफिक फिल्म मानिसहरुमा पुर्‍याउने गरेको आरोप पनि लागेको छ।

उनीसँगै अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। रायन थार्प नाम गरेका ती व्यक्तिलाई पनि १४ दिन नै न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

गत फेब्रुअरीमा कुन्द्राविरुद्ध प्रहरीमा एक उजुरी दर्ता भएको थियो। सोही उजुरीको अनुसन्धान गर्ने क्रममा कुन्द्रा पक्राउ परेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

कुन्द्राले आफूमाथिको आरोप झुटो भन्दै आए पनि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म निर्माण र वितरणमा कुन्द्राको संलग्नता पुष्टि गर्न पर्याप्त प्रमाण भएकोबताउँदै आएको छ। (एजेन्सीहरूकाे सहयाेगमा)

प्रकाशित मिति: १७:०७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्