Kathmandu Press

मानुषी लघुवित्तकाे आईपीओ साउन २७ गतेदेखि आउने

काठमाडौं, साउन १२ : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।कम्पनीले सय रुपैयाँ अंकित दरका ३ लाख...
मानुषी लघुवित्तकाे आईपीओ साउन २७ गतेदेखि आउने

काठमाडौं, साउन १२ : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले सय रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

तीमध्ये ५ हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६ सय ८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले बताएको छ।

बाँकी ३ लाख ६८ हजार ५ सय ९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

साउन २७ देखि खुल्ने आवेदन ३१ गतेसम्म दिन सकिनेछ। सो अवधिमा आईपीओ बिक्री नभए भदौ ९ गतेसम्म आवेदन दिन पाइने कम्पनीको भनाइ छ।

आवेदकले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका आएपीओ माग गर्न सक्नेछन्। कम्पनीले आईपीओ आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई चुनेको छ। 

धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ। 

प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्