Kathmandu Press

सानिमा लाइफले साउन २० देखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, साउन १२ : सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको...
सानिमा लाइफले साउन २० देखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, साउन १२ : सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओे निष्कासन गर्न लागेको हो। 

तीमध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याइएको इन्स्योरेन्सले जनाएको छ।

सर्वसाधारणले ५४ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशत सेयर आईपीओमार्फत बिक्री गर्न लागेको जनाइएको छ।

न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्म आईपीओका लागि आवेदन दिन सकिनेछ।

उक्त आईपीओका लागि साउन २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा आईपीओ बिक्री नभएर भदौ २ गतेसम्मका लागि आवेदन म्याद निर्धारण गरिएको छ।

इन्स्योरेन्सले आईपीओ निष्कासन तथा बित्रली प्रबन्धक प्रभु क्यापिटललाई तोकेको छ।  

प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्