Kathmandu Press

राखेपको सदस्य सचिवमा सिलवाल नियुक्त 

काठमाडौं, असार २३ : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरेको छ। 

सोमबार युवा तथा खेलकु....

राखेपको सदस्य सचिवमा सिलवाल नियुक्त 

काठमाडौं, असार २३ : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेश सिलवाललाई नियुक्त गरेको छ। 

सोमबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन्। नवनियुक्त सदस्य सचिव सिलवाललाई मन्त्री विश्वकर्माले सोमबारै मन्त्रालयमा एक कार्यक्रमकाबीच सपथ खुवाएका छन्।

सदस्य सचिवमा नियुक्त सिलवाल तत्कालीन नेकपा एमालेको युवा संघको पूर्वउपाध्यक्षसमेत हुन्। प्रधानमन्त्री केपी शर्मा ओली निकट सिलवालले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्ष भएर काम गरिसकेका छन्। 

गोल्डेन गेट कलेजका सञ्चालक समेत रहेका सिलवाललाई यसअघि नेपाल क्रिकेट संघ (क्यान) को तदर्थ समितिमार्फत नेतृत्वमा ल्याउन खोजिएको थियो।

तर, क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले राजनीतिक हस्तक्षेप र अपरादर्शी निर्वाचनको कारण देखाउँदै निलम्बन गरेपछि संघको नेतृत्वमा ल्याउने सरकारको योजना तुहिएको थियो।

सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल असार ९ गते नै सकिएपछि उक्त पद रिक्त थियो। पद रिक्त भएसँगै विष्टसहित राखेपकै वर्तमान उपाध्यक्ष पिताम्बर तिम्सिना लगायत सदस्य सचिव हुने दौडमा थिए। 

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्