Kathmandu Press

प्रभु क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्न शुल्क नलाग्ने

काठमाडौं, साउन ११ : प्रभु क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्न शुल्क नलाग्ने भएको छ।क्यापिटलले  ‘समर डिम्याट योजना’ सञ्चालनमा ल्याएपछि यस्तो सुविधा...
प्रभु क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्न शुल्क नलाग्ने

काठमाडौं, साउन ११ : प्रभु क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्न शुल्क नलाग्ने भएको छ।

क्यापिटलले  ‘समर डिम्याट योजना’ सञ्चालनमा ल्याएपछि यस्तो सुविधा पाइने भएको हो।

यो योजना हिजो (साउन १०) देखि नै लागू भएको क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार यो योजना एक वर्षका लागि हो। २०७८ साउन ३२ गतेसम्म यो योजना सञ्चालन हुनेछ। 

यस क्यापिटलमा डिम्याट खाता भएकाहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाए डिम्याट खाता र मेरो सेयर नवीकरणका लागि लाग्ने एक वर्षको शुल्क छुट पाउनेछन्।  
 
प्रभु क्यापिटलमा नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपालभरका शाखाबाट यो योजनाका लागि डिम्याट र मेरो सेयरको खाता खोल्न सकिने बताइएको छ।

प्रकाशित मिति: १५:०५ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्