Kathmandu Press

‘कमेडी च्याम्पियन’ प्रतिस्पर्धी भरतमणिको पक्षमा नेता भट्टराईले मागे भोट

काठमाडौं, साउन ११ : एमालेका युवा नेता योगेश भट्टराईले कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धी भरतमणि पौडेलको पक्षमा भोट मागेका...
‘कमेडी च्याम्पियन’ प्रतिस्पर्धी भरतमणिको पक्षमा नेता भट्टराईले मागे भोट

काठमाडौं, साउन ११ : एमालेका युवा नेता योगेश भट्टराईले कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन २ का प्रतिस्पर्धी भरतमणि पौडेलको पक्षमा भोट मागेका छन्।

समाजिक सञ्जाल फेसबुकमार्फत आज (सोमबार) उनले भरतमणिको पक्षमा भोट अपिल गरेका हुन्।

Hardik ivf

नेपाली दर्शकमाझ चर्चित बनेको हास्यव्यंग्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन २ को भोटिङ राउन्डअन्तर्गत ६ जनाबीच प्रतिस्पर्धा भइरहेको छ। तीमध्ये एकजना भरतमणि पनि हुन्। 

उनी ताप्लेजुुङ निवासी हुन्। नेता भट्टराई पनि ताप्जेजङ निवासी मात्र नभएर त्यहीँबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत भइसकेका भट्टराईले सम्भवतः आफ्नै जिल्लावासी भएकाले भरतमणिको पक्षमा भोट मागेका हुन्।

अहिले चर्चामा रहेको कमेडी रियालिटी सो कमेडी च्याम्पियन सिजन दुईका प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेलचाँहि मलाई हाँस्य ब्यंङग क्षेत्रको उदाउदो मणिजस्तो लाग्छ,’ उनले लेखेका छन्, ‘कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछायामा हाम्रै गाउँ र घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रा प्रिय त छँदैछन् , त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन्।’

उनले अगाडि लेखेका छन्, ‘त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूति गर्नुहुनेछ। यो मेरो व्यक्तिगत अनुभूति मात्रै हो । बाँकी निर्णयको अधिकार त तपार्इंकै। सबै प्रतियोगीलाई मेरो शुभकामना छ।’ 

उक्त पोस्टमा केही कमेन्ट आलोचनाको कोणबाट आए पनि सबैजसो सकारात्मक रहेका छन्। धेरैजसोले कमेन्टमा शुुभकामना उल्लेख गरेका छन्।  

प्रकाशित मिति: १४:३३ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्