Kathmandu Press

आयुषको ‘तिमी र म’ सार्वजनिक 

काठमाडौं, साउन ११ :  ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत...
आयुषको ‘तिमी र म’ सार्वजनिक 

काठमाडौं, साउन ११ : ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको छ।  

युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई गायक विकल खतिवडाले लेखेका हुन्।  गायक खतिवडा गायनसंगै वाध्यवादनमा निकै दखल राख्छन्।  नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्।  

म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन्। जिदेन तामाङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई विकल खतिवडाको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक खतिवडाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

प्रकाशित मिति: १३:३६ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्