Kathmandu Press

मलेसियालाई हराएर नेपाल फाइनलमा

काठमाडौं, असार २३ : एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।....

मलेसियालाई हराएर नेपाल फाइनलमा

काठमाडौं, असार २३ : एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ।

आज बिहान भएको पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको हो।

सेमिफाइनलमा ८८ रनको लक्ष्य पाएको नेपालले तीन विकेट गुमाउदै १५.५ ओभरमै जित हासिल गरेको हो। नेपालका लागि भीम सार्कीले ३३, रोहितकुमार पौडेलले ३१, पवन सर्राफले १८ र रीत गौतमले तीन रन बनाए।

यस अघि मलेसियाले ४०.५ ओभरमा सबै विकेट गुमाउदै ८७ रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद अमिरले २४, हैकल मोद खैरले १२, वान अमिरुल जुल्कारनिनले १० रन बनाए।

मलेसियालाई सस्तैमा समेट्न सागर ढकालले तीन, कुशल मल्लले दुई, कमलसिंह ऐर, रसिद खान र तिलकराज भण्डारीले एक/एक विकेट लिए।

अब उपाधिका लागि नेपाल मंगलबार हङकङ र सिंगापुरको बिजेतासँग खेल्नेछ।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, असार २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्