Kathmandu Press

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं, असार २३ : कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ। आज बिहान भएको खेलमा पेरूलाई ३–१ ले पराजित गर्दै ब्राजिल विजेता बनेको हो।

....

ब्राजिलले जित्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं, असार २३ : कोपा अमेरिकाको उपाधि ब्राजिलले जितेको छ। आज बिहान भएको खेलमा पेरूलाई ३–१ ले पराजित गर्दै ब्राजिल विजेता बनेको हो।

ब्राजिलका लागि खेलको १५ मिनेटमै इभर्टन सोर्सले गोल गरे। ब्राजिलको पकडमा रहेको पहिलो हाफको अन्त्यतिर ४४औं मिनेटमा गोल गर्दै पालो गुरेरोले खेललाई बराबरीमा ल्याएका थिए।

त्यसलगत्तै ब्राजिलका ग्याब्रिअल जेससले इन्जुरी समयमा गोल थपे।

दोस्रो हाफमा दुवै टिमबीच कडा प्रतिस्पर्धा रह्यो। पेरूले गोल फर्काउने प्रयास जारी राख्यो। तर, सफल भएन्।

खेलको अन्तिम समयमा ९०औं मिनेटमा रिचार्लसनले पेनाल्टीमा गोल गर्दै ब्राजिलाई ३–१ को अग्रता दिलाए।

प्रकाशित मिति: ११:३४ बजे, सोमबार, असार २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्