Kathmandu Press

शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने

काठमाडौं, साउन ८ : भोलि (शनिबार) देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (शुक्रबार) सूचना...
शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने

काठमाडौं, साउन ८ : भोलि (शनिबार) देखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (शुक्रबार) सूचना जारी गरी उक्त जानकारी दिएको हो।

Hardik ivf

सोही सूचनामार्फत यातायात सञ्चालनको व्यवस्था मिलाउन पनि यातायात व्यवसायीहरुलाई आग्रह गरिएको छ।

त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायतका परीक्षालाई समेत मध्यनजर गरेर सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी सूूचनामा उल्लेख छ।

अनिवार्य रूपमा काउन्रटबाट मात्रै टिकट काटेर यात्रा गर्न पनि काठमाडौं प्रशासनले यात्रुलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्