Kathmandu Press

साउन १७ बाट बुद्धले पोखरा-नेपालगन्ज सीधा उडान गर्ने

काठमाडौं, साउन ८ : निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा-नेपालगञ्ज सीधा उडान गर्ने भएको छ।यही साउन १७ गतेबाट हप्तामा तीन दिन आइतबार,...
साउन १७ बाट बुद्धले पोखरा-नेपालगन्ज सीधा उडान गर्ने

काठमाडौं, साउन ८ : निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा-नेपालगञ्ज सीधा उडान गर्ने भएको छ।

यही साउन १७ गतेबाट हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार उडान भर्न लागेको कम्पनीले जानकारी दिएको छ।

Hardik ivf

उडान तोकिएका दिनमा पोखराबाट बिहान ९ बजेर १० मिनेटमा र नेपालगञ्जबाट पोखरा १० बजे उडान भर्ने तालिका रहेको कम्पनीको भनाइ छ। 

बुद्धले कोरोना संक्रमण नफैलियोस् भनेर यात्रुको सुरक्षाका लागि कोभिडविरुद्ध सुरक्षा निर्देशिका कडाइसाथ पालना गराएको छ।

आफ्ना जनशक्तिलाई नियमित तालीम दिइँदै आएको पनि बुद्ध एयरको भनाय छ। 

बुद्ध एयरसँग हाल १५ वटा जहाज छन्। जसमा ७२ सिटे एटीआर–७२ जहाज १० वटा छन्। त्यस्तै ४२ सिटे एटीआर–४२ जहाज ३ वटा छन् भने दुईवटा बिचक्राफ्ट जहाज छन्।

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्