Kathmandu Press

भारत र न्यूजिल्यान्ड, अस्ट्रेलिया र ईग्ल्यान्ड सेमिफाइनलमा भिड्ने

काठमाडौं, असार २२ : आईसीसी विश्वकपको सेमिफाइनलमा भारत र न्यूजिल्यान्ड तथा अस्ट्रेलिया र ईग्ल्यान्ड भिड्ने भएका छन्।

हिजो राति भएको पहिलो खेल....

भारत र न्यूजिल्यान्ड, अस्ट्रेलिया र ईग्ल्यान्ड सेमिफाइनलमा भिड्ने

काठमाडौं, असार २२ : आईसीसी विश्वकपको सेमिफाइनलमा भारत र न्यूजिल्यान्ड तथा अस्ट्रेलिया र ईग्ल्यान्ड भिड्ने भएका छन्।

हिजो राति भएको पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै भारत अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। अंश तालीकाको चौथो स्थानमा न्यूजिल्यान्ड छ।

आईसीसीको खेल तालिकाअनुसार, शीर्षस्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजिल्यान्डबीच पहिलो सेमिफाइनल हुनेछ। साउन २४ गते दिउसो ३ः१५ बजे मेनचेस्टरमा भारत र न्यूजिल्यान्ड भिड्नेछन्।

त्यस्तै, अस्ट्रेलिया र ईग्ल्यान्डबीच दोस्रो सेमिफाइनल हुनेछ। हिजो राति भएको दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएपछि अस्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा झरेको हो। ईग्ल्यान्ड अंक तालिकाको तेस्रो स्थानमा छ।

विश्वकप खेलतालिका अनुसार, दोस्रो सेमिफाइलनमा अंक तालिकाको दोस्रो स्थानमा रहेको अस्ट्रेलिया र तेस्रो स्थानमा रहेको ईग्ल्यान्ड साउन २६ गते भिड्नेछन्। उनीहरूबीचको खेल दिउसो ३ः१५ बजे बर्मिङघममा हुनेछ।

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, असार २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्