आईपीओ निष्कासनको तयारीमा आदर्श लघुवित्त वित्तीय संस्था
काठमाडौं, साउन ७ : आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ।त्यसका लागि कम्पनीले प्रक्रिया अघि बढाइसकेको छ। कम्पनीले...
काठमाडौं, साउन ७ : आदर्श लघुवित्त वित्तीय संस्थाले ६० हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेको छ।
त्यसका लागि कम्पनीले प्रक्रिया अघि बढाइसकेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि बीओके क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।
आदर्श लघुवित्त र बीओके क्यापिटलबीच हिजो (बुुधबार) सम्झौता भएको हो। कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दर शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी काम गर्ने जिम्मेवारी पनि बीओके क्यापिटललाई नै दिएको हो। धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएलगत्तै आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











