तापक्रम कम हुँदा चिसो महसुुस
काठमाडौं, माघ १४ : हिजोको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज चिसो बढी महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनतम् तापक्रम आइ....
काठमाडौं, माघ १४ : हिजोको तुलनामा न्यूनतम् तापक्रम कम हुँदा आज चिसो बढी महसुस भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनतम् तापक्रम आइतबार ८ डिग्री सेल्सियस रहेकोमा सोमबार भने ३.५ डिग्री सेल्सियसमा झरेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । उनका अनुसार मंगलबारसम्म मौसममा केही सुधार देखिए पनि बुधबारदेखि यो साताभरि मौसममा आंशिक बदली भइरहने र हल्का वर्षा तथा हिमपातको संभावना छ ।
पश्चिमी वायुको प्रभावले आज पहाडी भेगहरूमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार देशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने देशका पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको संभावना छ । राति भने देशभरि नै मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै बुधवार देशका पश्चिमी क्षेत्रमा आंशिक बदली रही हल्का वर्षा र हल्कादेखि मध्यम खालको हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।