Kathmandu Press

कोरोनाको नयाँ भेरियन्टको चर्चाले देशवासीमा डर बढायो : प्रधानमन्त्री देउवा

कोरोनाको नयाँ भेरियन्टको चर्चाले देशवासीमा डर बढायो : प्रधानमन्त्री देउवा

काठमाडौं, असार ६ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण नयाँ भेरियन्टको चर्चाले देशवासीमा डर बढाएको बताएका छन्।

नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले अहिले मुलुक कोभिडका पुराना असरबाट उठ्ने प्रयत्नमा रहिरहेका बेला तेस्रो लहर आउने सक्ने कुराले डर बढाएको बताएका हुन्।

Hardik ivf

कोराना महामारीका कारण नेपालमा उद्योगव्यवसायमा पनि ठूलो क्षति पुगेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय राहत दिन प्याकेज ल्याउने उल्लेख गरे।

कोरोना महामारीलाई पराजित गर्न सबैजना एकताबद्ध भएर बढ्नुपर्ने बताउँदै उनले सबैलाई निःशुल्क खोप दिन सरकार लागिपर्ने विश्वास दिलाए।

प्रकाशित मिति: १५:३० बजे, बुधबार, साउन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्