Kathmandu Press

कोपा अमेरिकामा मेसीले पाए रातो काड, अर्जेन्टिना भयो तेस्रो

काठमाडौं, असार २२ : कोपा अमेरिकामा कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हराउदै तेस्रो भएको छ । 

....
कोपा अमेरिकामा मेसीले पाए रातो काड, अर्जेन्टिना भयो तेस्रो

काठमाडौं, असार २२ : कोपा अमेरिकामा कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हराउदै तेस्रो भएको छ । 

स्थानीय समय अनुसार आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोलको अन्तरले हराएको हो । 

अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै दुई गोलको अग्रता लिएको थियो । 

खेलको ३७ औं मिनेटमा मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले पनि रातो कार्ड पाएका थिए ।

मेसीको करियरकै यो दोस्रो रातो कार्ड हो ।

प्रकाशित मिति: ०७:२५ बजे, आइतबार, असार २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्