Kathmandu Press

पल्पसालाई कृष्ण कँडेल र विक्रमजंग शाहले गरे सहयोग

काठमाडौं, साउन ४ : मिर्गौलामा समस्यासँग जुधिरहेकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई लोकगायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन्।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत डंगोललाई कलाकार कँडेलले...
पल्पसालाई कृष्ण कँडेल र विक्रमजंग शाहले गरे सहयोग

काठमाडौं, साउन ४ : मिर्गौलामा समस्यासँग जुधिरहेकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’लाई लोकगायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन्।

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत डंगोललाई कलाकार कँडेलले अस्पताललै पुगेर ७० हजाररुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

कलाकार कँडेलले टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का तर्फबाट उक्त सहयोग गरेका हुन्। कँडेलले कलाकार डंगोलको सहयोगका लागि आग्ह पनि गरे। 

राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि व्यक्तिगत रूपमा १० हजार रुपैयाँ सहयोग गरे।

पाँच वर्षअघि उनमा मिर्गौलाको समस्या देखिएको थियो। हाल डायलोसिस गराउँदै आइरहेकी उनका दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले बताएका छन्।

प्रकाशित मिति: १७:४७ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्