Kathmandu Press

१३ अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

काठमाडौं, साउन ४ : हप्ताको दोस्रो दिन पनि शेयर बजार कारोबार मापक नेप्से परिसूचक बढेको छ। नेप्से आज १३ दशमलव ९७ अंकले बढेर दुई...
१३ अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

काठमाडौं, साउन ४ : हप्ताको दोस्रो दिन पनि शेयर बजार कारोबार मापक नेप्से परिसूचक बढेको छ। नेप्से आज १३ दशमलव ९७ अंकले बढेर दुई हजार नौ सय ९४ दशमलव ५८ विन्दुमा पुगेको छ।

आज विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक अरू समूहको शेयर बढेको छ। बैंकिङ समूहको शेयर झन्डै ११ अंकले, व्यापार समूहको एक सय ९६ अंकले, निर्जीवन बीमा समूहको एक सय एक अंकले, उत्पादन समूहको ४१, अन्यको १७ र लगानी समूहको शेयर साढे एक अंकले बढेको छ।

Hardik ivf

आज दुई सय १९ कम्पनीका तीन करोड ७५ लाख कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३५ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

आज सिनर्जी पावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ। समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ।  

प्रकाशित मिति: १६:१३ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्