Kathmandu Press

अन्जु पन्तको स्वरमा ‘छटपटी' सार्वजनिक 

अन्जु पन्तको स्वरमा ‘छटपटी' सार्वजनिक 

काठमाडौं, साउन ४ : लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।  गीतमा गायक, गीतकार तथा संगीतकार राज लिम्बुको शब्द र संगीत रहेको छ।

यस गीतलाई दिपक राज विश्वकर्माले संगीत संयोजन गरेका हुन्। यसअघि गायक लिम्बुको स्वरमा ‘बुझिदेउ’, ‘म पागल’, ‘जलेर खरानी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।  

वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको  म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। इजरायलमा छायांकन गरिएको यस भिडियोलाई  सन्तोष माबो (माबो क्रिएशन) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।  

गायक लिम्बुको आधिकारिक च्यानल राज लिम्बुु मार्फत भिडियो सार्वजनिक गरिएको हो।  
 

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, साउन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्