Kathmandu Press

इन्डियन आइडल–१२ को ग्रान्ड फिनाले १२ घन्टा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, साउन २ : सोनी टेलिभिजनको चर्चित सिंगिङ रियालिटी सो ‘इन्डियन आइडल’ सिजन १२ को ग्रान्ड फिनाले अगष्ट १५ मा हुने चर्चा चलेको छ।निर्माताहरू ग्रान्ड...
इन्डियन आइडल–१२ को ग्रान्ड फिनाले १२ घन्टा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं, साउन २ : सोनी टेलिभिजनको चर्चित सिंगिङ रियालिटी सो ‘इन्डियन आइडल’ सिजन १२ को ग्रान्ड फिनाले अगष्ट १५ मा हुने चर्चा चलेको छ।

निर्माताहरू ग्रान्ड फिनालेलाई यादगार बनाउने भन्दै अहोरात्र जुटिरहेका छन्। ग्रान्ड फिनालेकाे साे १२ घन्टा निरन्तर प्रत्यक्ष प्रसारण गर्ने तयारी भइरहेको छ।

फाइनलमा पवनदीप राजन, मोहम्मद दानिस, अरुणिता कांजिलाल, सनमुख प्रिया, निहार र सयाली कांबलेमध्येबाट चारजना पुग्नेछन्।

ग्रान्ड फिनालेमा इन्डियन आइडलका महत्वपूर्ण हिस्सा बनेका प्रतिस्पर्धीहरूका दमदार प्रस्तुतिहरू रहनेछन्।

अतिथिका रूपमा उपस्थित हुने बलिउडका चर्चित गायकगायिकाले आआफ्नो प्रस्तुति दिएर फाइनल सोलाई अझ रोममान्चक बनाउनेछन्। (आजतक) 

प्रकाशित मिति: १५:५७ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्