Kathmandu Press

सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं, असार २० : एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता नेपालले सिंगापुरलाई दुई सय १७ रनले पराजित गरेको छ। य....

सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं, असार २० : एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता नेपालले सिंगापुरलाई दुई सय १७ रनले पराजित गरेको छ। यो जितसँगै नेपाल समूहको शीर्षस्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा तीन सय २७ रनको लक्ष्य पछ्याउने क्रममा सिंगारपुर ३९.१ ओभरमा एक सय नौ रनमै समेटियो। सिंगापुरका लागि हरि कुक्रेजाले ३०, कन्नुसामी सथिसले २४ र चन्द्रमौली श्रीदेवले २३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि कुशल मल्लले चार, तिलकराज भण्डारीले दुई, रसिद खान र सागर ढकाल एक/एक विकेट लिए।

यसअघि नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय २६ रन बनाएको थियो।

नेपालका लागि रित गौतमले एक सय १५, खड्कबहादुर बोहराले ९०, कुशल मल्लले ५१, पवन सर्राफले ४५, रोहितकुमार पौडेलले सात र विशालबिक्रम केसीले एक रन बनाएका थिए।

जितसँगै नेपाल समूहको शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ।  नेपालको समूह ‘ए’मा चीन र सिंगापुर रहेका छन्। समूह ‘ए’मा रहेको म्यानमारले प्रतियोगिता सुरू हुन अघि नाम फिर्ता लिएको थियो।

समूह ‘बी’मा चार टोली छन्। जसमा मलेसिया, भूटान, हङ्कङ र थाइल्याण्ड छन्। विजयी टोलीले एसिया कपका लागि छनोट हुनेछ। फाइनल खेल असार २५ गते हुनेछ।

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, असार २०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्