Kathmandu Press

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व संकलन

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व संकलन

झापा, साउन २ : आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७÷७८ मा चार अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो।

कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ ४४ करोड र स्वास्थ्य सेवा करबापत ९२ लाख रुपैयाँ सङ्कलन भएको बताए। 

अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ। अघिल्लो वर्ष कार्यालयले तीन अर्ब एक करोड रुपैयाँमात्र राजस्व सङ्कलन गरेको थियो। 

उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए। 
 

प्रकाशित मिति: १०:४३ बजे, शनिबार, साउन २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्