Kathmandu Press

राष्ट्रपति महिला सशक्तीकरण परियोजनामा १९ महिला उद्यमी छनोट

काठमाडौं, साउन १ : राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला उद्यमशीलता वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रमका लागि १९ महिला उद्यमी छनोटमा...
राष्ट्रपति महिला सशक्तीकरण परियोजनामा १९ महिला उद्यमी छनोट

काठमाडौं, साउन १ : राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत महिला उद्यमशीलता वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोग कार्यक्रमका लागि १९ महिला उद्यमी छनोटमा परेका छन्।

उत्कृष्ट महिला उद्यमी समूहअन्तर्गत भिडियो र डिजिटल डिजाइन एवं सम्पादन, रंगीबिरंगी पुष्प उत्पादन कृषक समूह, कुटानी पिसानी, कुखुरापालन, पशुपन्छी तथा कृषि, सिलाइसम्बन्धी कामलगायत महिला उद्यमीहरुलाई छनोट गरिएको हो।

समाज विकास मन्त्रालयले महिला उद्यमको हकमा २ लाखसम्मको, प्रविधि र टेवा पुजी तथा उद्यमी समूहका हकमा अधिकतम ५ लाख रुपैयाँसम्मको अनुदान सहयोग गरेको छ।

त्यस्तै बाग्मती प्रदेशबाट  छनोटमा परेका महिला उद्यमी मध्य ललितपुर १ निसु प्रडक्सन प्रालिकी अध्यक्ष निशा श्रेष्ठका अनुसार राष्ट्रपति महिला सशक्तीकरण परियोजनाले महिला उद्यमीलाई हौसला मिल्ने र उद्यमशिलता वृद्धि हुनेछ।

भिडियो र डिजिटल डिजाइन एवं सम्पादनमा महिलाको संख्यात्मक वृद्धिका लागि पनि यस्ताखालका परियोजनाको आवश्यक हुने उनी बताउँछिन्।

‘भिडियो र डिजिटल डिजाइन एवं सम्पादनमा महिलालाई प्रोत्सहान स्वरुप आउने यस्ता परियोजनाले काम गर्न थप मद्दत गरेको छ,’ भन्छिन्,  ‘महिलाका विषयमा बहस पैरबी गर्न राम्रो माध्यम भएकाले भिडियो र डिजिटल डिजाइन एवं सम्पादन क्षेत्रलाई बढवा दिनुपर्छ ।’

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, साउन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्