Kathmandu Press

प्रियंकाको एक्सनकटमा प्रेमि आयुषमानको डिओपी

काठमाडौं, असार २० : प्रियंका कार्कीले वेब सिरिज निर्माण गर्ने भएकी छिन्। आयंका जोडीको कम्पनी प्रिंकलेबल पिक्चर्सबाट सिरिज निर्माण गर्न लागिएको हो।

....
प्रियंकाको एक्सनकटमा प्रेमि आयुषमानको डिओपी

काठमाडौं, असार २० : प्रियंका कार्कीले वेब सिरिज निर्माण गर्ने भएकी छिन्। आयंका जोडीको कम्पनी प्रिंकलेबल पिक्चर्सबाट सिरिज निर्माण गर्न लागिएको हो।

‘जस्ट एनोडर लब स्टोरी’ नामक वेब सिरिजमा दुई महिलाबीचको मित्रता र मायालाई प्रस्तुत गर्न खोजिएको जनाएको छ। सिरिजको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

पोस्टरमा प्रियंका र सृष्टि श्रेष्ठलाई एक समलिंगिको रुपमा प्रस्तुत गरिएको छ।

यो सिरिज अगस्टमा प्रिंयकाको आफ्नै यूट्युब च्यानलमार्फत लन्च गरिदै छ। करिब १५ देखि १८ मिनेट लामो आठ सिरिजसम्म बनाउने आंयका जोडीले लक्ष्य लिएका छन्।

वेब सिरिजमार्फत प्रियंकाले निर्देशनमा देब्यू गर्दैछिन् भने आयुषमानले क्यामरा पछाडी बसेर काम गर्दैछन्।

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्