Kathmandu Press

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पुँजीकरण ४० खर्ब

काठमाडौं, असार ३१ : सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हुँदा बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड...
नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पुँजीकरण ४० खर्ब

काठमाडौं, असार ३१ : सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हुँदा बजार पूँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार रुपैयाँ बराबर पुगेको छ।

केही दिनयता झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से आज (बिहीबार) भने ११.३३ अङ्कले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.९३ बिन्दुले उकालो लागेर ५४१.३१ मा पुगेको छ। 

कूल २२३ कम्पनीको पाँच करोड ८५ लाख दुई हजार १०९ कित्ता शेयर रु आठ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ मा कारोबार भएको छ। चालु आर्थिक वर्षको आज अन्तिम दिन बजारले सकारात्मक संकेत गर्दै बिदा भएको छ। 

नेप्सेका अनुसार बिहीबार जलविद्युत् उपसमूहको सेयर उकालो लागेको छ। सो उपसमूहको सेयर ५६।१४ बिन्दुले बढेको छ। कूल १३ उपसमूहमध्ये सात उपसमूहको सेयर उकालो लागेको छ भने छ उपसमूहको सेयर भने ओरालो लागेको छ।

बैंकिङ ६.३, व्यापार २८.७१, जलविद्युत् ५६.१४, वित्त ४७.८९, निर्जीवन बीमा ३६.२६, लघुवित्त ४५.७१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले बढेको छ। यस्तै होटल तथा पर्यटन ५०.३८, विकास बैंक १३.६६, उत्पादन ५.८७, अन्य ७.८१, जीवन बीमा ४३.११ र लगानी ०.०१ बिन्दुले ओरालो लागेको छ। 

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु. ३६ करोड ७० लाख २३ हजार ५७४ बराबरको कारोबार भयो। एनआइसी एसिया बैंक रु. ३३ करोड ११ लाख ४४ हजार ९ सय ४०, मेरो माइक्रोफाइनान्स २३ करोड ४६ लाख ४४ हजार ९ सय ४०, मञ्जुश्री फाइनान्स रु. २३ करोड ४३ लाख ३८ हजार ४२५ र नेपाल लाइफ इन्स्योरेन्स रु. २० करोड २ लाख ९१ हजार ८ सय ९६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे। 

यस्तै, ङादी ग्रुप अफ पावर ९.४०, रैराङ हाइड्रोपावर ८.९१, गणपति माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३ र एनआइबिएल समृद्धि फन्डका लगानीकर्ताले ७.७८ प्रतिशतले कमाए।

त्यस्तै कृषि विकास बैंकको ऋणपत्र ३.९०, सिभिल लघुवित्त २.८६, लक्ष्मी इक्विटी फन्ड २.८२, ओरियण्टल होटल २.३९ र सोल्टी होटलका लगानीकर्ताले २.२४ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्