Kathmandu Press

रित गौतमको शतकमा नेपालले बनायो ३२६ रन

काठमाडौं, असार २० : रित गौतमले शतक प्रहार गरेपछि एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता नेपालले सिंगापुरलाई तीन ....

रित गौतमको शतकमा नेपालले बनायो ३२६ रन

काठमाडौं, असार २० : रित गौतमले शतक प्रहार गरेपछि एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता नेपालले सिंगापुरलाई तीन सय २७ रन लक्ष्य दिएको छ।

आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले धमाकेदार प्रदर्शन गर्‍यो। नेपालले चार विकेटको क्षतिमा तीन सय २६ रन जोडेको हो।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा रित अभिजित रहे। उनले एक सय ३७ बलमा एक सय १५ रन बनाए।

त्यस्तै, खड्कबहादुर बोहराले राम्रो प्रदर्शन गरे। उनले ९० बलमा ९० रन बनाए। कुशल मल्लको धमाकेदार प्रदर्शन रह्यो। उनले २३ बलमा ५१ रन प्रहार गरे।  यससँगै पवन सर्राफले ४५ रन बनाए। उनले ४१ बल खेलेका थिए।

त्यस्तै, क्याप्टन रोहितकुमार शर्माले सात र विशालबिक्रम केसीले एक रन बटुले।

सिंगापुरका लागि प्रनव सुदर्शन र विनित महेतालेदुई दुई विकेट लिए।

पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो। नेपाल र सिंगापुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

नेपालको समूह ‘ए’मा चीन र सिंगापुर रहेका छन्। समूह ‘ए’मा रहेको म्यानमारले प्रतियोगिता सुरू हुन अघि नाम फिर्ता लिएको थियो।

समूह ‘बी’मा चार टोली छन्। जसमा मलेसिया, भूटान, हङ्कङ र थाइल्याण्ड छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

विजयी टोलीले एसिया कपका लागि छनोट हुनेछ। फाइनल खेल असार २५ गते हुनेछ।

प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, असार २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्