Kathmandu Press

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

काठमाडौं, असार ३१ : चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा...
उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

काठमाडौं, असार ३१ : चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४।५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो।

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ६.२२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फिति २.६३ प्रतिशत रहेको छ। विसं २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्यवृद्धि बढी देखिएको छ। बैंकका अनुसार जेठमा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत मुद्रास्फिति रहँदा तराईमा भने ४.४७ प्रतिशत छ। यस्तै पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फिति रहेको छ। विसं २०७७ जेठमा यी क्षेत्रमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फिति थियो।
 

प्रकाशित मिति: १३:५९ बजे, बिहीबार, असार ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्