विश्वकम क्रिकेटबाट अफगानिस्थान ० अंक सहित बाहिरियो
काठमाडौं, असार २० : एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताबाट अफगानिस्तान आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित हुदै बाहिरिएको छ ।
....
काठमाडौं, असार २० : एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताबाट अफगानिस्तान आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित हुदै बाहिरिएको छ ।
बिहीबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएपछि अफगानिस्तान विश्वकपमा अंकबिहीन हुँदै घर फर्किएको हो ।
अफगानिस्तानले खेलेको ९ खेलमा सबैमा पराजित हुँदै पुछारमा रहेर विश्वकपबाट बाहिरिएको हो।
त्यस्तै वेस्ट इन्डिज ९ खेलमा २ मा जित र ६ मा हारका साथ ५ अंक जोड्दै नवौं स्थानमा रहेर विश्वकपबाट बाहिरिने भएको छ । उसको एक खेल वर्षाको कारण रद्ध भएको थियो ।
३ सय १२ रनको विशाल लक्ष्य पक्ष्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८८ रनमा अल आउट भयो । अफगानिस्तानका लागि १८ वर्षिय युवा विकेटकीपर इकराम अलीखीलले सर्वाधिक ८६ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा क्रिस गेलले एलबी डब्लू आउट गर्नु अघि इकरामले ९३ बलमा ८ चौका प्रहार गरे । त्यस्तै ओपनर रामत शाहले ६२ रनको योगदान दिए । २७ ओभरको दोस्रो बलमा कार्लोस वर्थवेटले क्रिस गेलबाट क्याच आउट गराउनु अघि रामतले ७८ बलमा १० चौका प्रहार गरे । दोस्रो विकेटका लागि रामत र इकरामले १ सय ३३ रनको साझेदारी गरेपनि मध्यक्रम तर तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा जित सम्भव भएन ।











