बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं, असार २९ : नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको...
काठमाडौं, असार २९ : नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको सुनको मूल्य आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: ११:३८ बजे, मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











