Kathmandu Press

पेरु कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, असार १९ : चिलीलाई हराउदै पेरु कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज बिहान भएको खेलमा पेरुले चिलीलाई ३–....

पेरु कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, असार १९ : चिलीलाई हराउदै पेरु कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले पराजित गरेको हो। पेरुका लागि खेलको २१औं मिनेटमै ईडिसन फ्लोर्सले गोल गरेका थिए। त्यसपछि खेलको ३८औं मिनेटमा याशिमार योटुनले गोल थपे।

पेरुका लागि तेस्रो गोल पाउलो गुरेरोले गरे। उनले दोस्रो हाफपछि इन्जुरी समयमा गोल गरेका हुन्। चिलीले थुप्रै पटक पेरुको पोस्टमा प्रहार गरेको थियो। तर, गोल भने हुन सकेन।

प्रतिस्पर्धात्मक खेलमा चिलीकै दवदवा थियो। ६६ प्रतिशत सयम बल चिलीकै कब्जामा रह्यो। पेरुले नौ वटामौ प्रहार गरेको थियो भने चिलीले १९ वटा प्रहार गरेको थियो। त्यस्तै, गोलपोस्टमा पेरुले तीनटा र चिलीले सात वटा प्रहार गरेको थियो।

पेरुले तीन सय १८ वटा पास खेल्दा चिलीले पाँच सय ९० पास खेलेको थियो। त्यस्तै, पेरुले दुइटा कर्नर पाउँदा चिलीले नौ वटा कर्नर पाएको थियो। तैपनि गोल भने गर्न सकेन।

अब कोपा अमेरिकाको उपाधिका लागि सोमबार पेरु र ब्राजिल भिड्नेछन्।

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, असार १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्