Kathmandu Press

ईग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं, असार १९ : आईसीसी विश्वकपको हिजो राति भएको खेलमा न्यूजिल्यान्डलाई पराजित गर्दै ईग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

तीन सय ६ रनको....

ईग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं, असार १९ : आईसीसी विश्वकपको हिजो राति भएको खेलमा न्यूजिल्यान्डलाई पराजित गर्दै ईग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

तीन सय ६ रनको लक्ष्य पछ्याउने क्रममा न्यूजिल्यान्ड एक सय ८६ रनमै समेटिएपछि इग्ल्यान्डले सहज जित निकालेको हो। न्यूजिल्यान्डमाथि एक सय १९ रनको फराकिलो जित हासिल गर्दै इग्ल्यान्ड सेमिफाइलनमा पुगेको छ।

टस जितेर ब्याटिङ रोजेको इग्ल्यान्डले आठ विकेटको क्षतिमा तीन सय ६ रन बनाएको थियो। ईग्ल्यान्डका लागि जोनी बेइस्टोले एक सय ६ र ज्यासन रोयले ६० रन बनाए।

प्रतिउत्तरमा न्यूजिल्यान्डको सुरुआत नै खराब रह्यो । पहिलो ओभरमै हेनरी निकोलसलाई गुमाएको न्यूजिल्यान्डका क्रमिक रुपमा विकेट झर्दै गए। टोम लथामले ५७ रन बनाए भने अन्य खेलाडी टिक्न सकेनन्।

ईग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेसँगै पाकिस्तानको सम्भावना पनि लगभग सकिएको छ। पाकिस्तानले बंगलादेशसँगको खेल जिते पनि रनरेटका आधारमा न्यूजिल्यान्ड नै चौथो हुँदै सेमिफाइनल प्रवेश गर्ने निश्चित जस्तै छ।

अस्ट्रेलिया र भारत यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति: ११:४६ बजे, बिहीबार, असार १९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्