Kathmandu Press

मध्यविन्दुको एक अर्ब बजेट पारित

नवलपुर, असार २६ : मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्बभन्दा बढीको बजेट पारित गरेको छ। नवौँ नगरसभामा...
मध्यविन्दुको एक अर्ब बजेट पारित

नवलपुर, असार २६ : मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्बभन्दा बढीको बजेट पारित गरेको छ। नवौँ नगरसभामा नगरप्रमुख चन्द्रबहादुर रानाले प्रस्तुत गरेको एक अर्ब दुई करोड ३५ लाख चार हजार ९६५ रुपैयाँ बराबरको बजेट सर्वसम्मत रुपमा पारित भएको हो। 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको नवौँ नगरसभाले चालु खर्चतर्फ ५९ करोड ३७ लाख २१ हजार तथा पुँजीगततर्फ ४२ करोड ९७ लाख ८३ हजार ९६५ रुपैयाँ बराबरको अनुमानित बजेट पारित गरेको हो।

नगरसभाबाट पारित गरिएको बजेटमा आन्तरिक राजश्व सङ्कलन १८ करोड ४५ लाख, राजश्व बाँडफाँटतर्फ सङ्घबाट ११ करोड ४४ लाख ४५ हजार तथा प्रदेशबाट एक करोड ६ लाख ७८ हजार गरी जम्मा ३० करोड ९६ लाख २८ हजार रुपैयाँ बराबरको लक्ष्य राखिएको छ । 

नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको रानाले बताए। 
 

प्रकाशित मिति: १४:४७ बजे, शनिबार, असार २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्