विदेशबाट फर्केर गाउँमै बाख्रापालन
म्याग्दी, असार २६ : विदेशबाट फर्केर म्याग्दीका कृष्ण मल्लले गाउँमै बाख्रापालन गरेका छन्। उनले मनग्य आम्दानी गरिरहेका छन्।बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्ल...
म्याग्दी, असार २६ : विदेशबाट फर्केर म्याग्दीका कृष्ण मल्लले गाउँमै बाख्रापालन गरेका छन्। उनले मनग्य आम्दानी गरिरहेका छन्।
बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्ल अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालन थालेका हुन्। अहिले वार्षिक १२ लाखसम्म आम्दानी गर्न सफल भएका छन्।
उनी करिब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश फर्किएका थिए। शुरुमा अष्ट्रेलिया जाने सोचे पनि त्यसलाई त्यागेर यही बाख्रापालन गर्न थालेको उनले बताए।
बुबाले रहरले पालेका स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो। अहिले भने बोयर जातका बाख्रापालन गरिरहेका छन्।
करिब ११ लाखबाट शुरु भएको व्यवसायमा लगानी ३० लाख पुगेको छ। खोरमा अहिले २८ वटा बोएर छन्। ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाइएको छ।
बाख्रा र बोका बिक्रीबाट वार्षिक २० लाखसम्म कमाइ गर्ने लक्ष्य छ। उनको फार्ममा तीन लाखसम्म पर्ने बोयर बोका छन्। अहिलेको कमाईले सन्तुष्ट रहेको उनले बताए।
अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट शुरु भएको बाख्रापालन यसै वर्ष ५० पु¥याउँने लक्ष्य छ। थप बोयर मगाइएको छ। खोरमा एक वर्षमा दोब्बर हुने गरी माउ राखिएको छ। (रासस)











