Kathmandu Press

विश्व बैंकबाट नेपालका लागि १० करोड डलर ऋण स्वीकृत, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा खर्च गर्नुपर्ने

काठमाडौं, असार २५ : विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) ऋण दिने भएको छ । सरकारी विद्यालय क्षेत्र...
विश्व बैंकबाट नेपालका लागि १० करोड डलर ऋण स्वीकृत, शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा खर्च गर्नुपर्ने

काठमाडौं, असार २५ : विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) ऋण दिने भएको छ । सरकारी विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि ५ र सार्वजनिक स्वास्थ्य क्षेत्रको कार्यदक्षता वृद्धिका लागि ५ गरी १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ। 

नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यो सहयोगबाट नेपालको शिक्षा क्षेत्रलाई भौतिक रुपमा सशक्त बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन मद्दत पुग्ने बताए।

‘यसबाट विद्यालय उमेरका बालबालिकामा सिकाइको कमी र विद्यालय छाड्ने दर न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा प्रभावकारी सुधार हुने अपेक्षा पनि हाम्रो छ।’

नेपालको स्वास्थ्य सुधारको रणनीति कार्यान्वयन तथा कोभिड–१९ जटिल अवस्थामा स्वास्थ्य सेवा विस्तारका लागि पनि ऋणबापत प्राप्त रकमले सहजता प्रदान गर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्