विश्वकप क्रिकेट: इंग्ल्याण्ड र न्यूजिल्यान्ड भिड्दै, पाकिस्तानलाई तनाव
काठमाडौं, असार १८ : आईसीसी विश्वकपअन्तर्गत इंग्ल्याण्ड र न्यूजिल्यान्ड सेमिफाइनल प्रवेशका लागि भिड्दै छन्। यसमा तनावमा भने पाकिस्तान रहने भएको छ।
....
काठमाडौं, असार १८ : आईसीसी विश्वकपअन्तर्गत इंग्ल्याण्ड र न्यूजिल्यान्ड सेमिफाइनल प्रवेशका लागि भिड्दै छन्। यसमा तनावमा भने पाकिस्तान रहने भएको छ।
अहिलेसम्म अंक तालिकाको शीर्षस्थानमा रहेको अष्ट्रेलिया १४ अंकसहित सेमिफाइनल प्रवेश गरिसकेको छ। त्यस्तै, हिजो भएको खेलमा बंगलादेशलाई पराजित गर्दै भारत पनि १३ अंकसहित सेमिफाइनल प्रवेश गरेको छ।
अब न्यूजिल्यान्ड, इंग्ल्याण्ड र पाकिस्तानमध्ये दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्। अन्य पाँच टिम दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश र अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ।
न्यूजिल्यान्ड ११ अंकसहित तेस्रो स्थानमा छ भने इंग्ल्याण्ड १० अंकसहित चौथो स्थानमा छ। पाकिस्तानको नौ अंक छ। पाकिस्तानले बंगलादेशसँग खेल्न बाँकी छ।
आजको खेलमा न्यूजिल्यान्डले जिते ईग्ल्यान्ड बाहिरिने छ भने पाकिस्तानको सम्भावना जिवित रहनेछ। तर, इंग्ल्याण्डले जिते भने तेस्रो स्थानमा रहँदै सेमिफाइनमा पुग्नेछ। पाकिस्तानको सम्भावना सकिनेछ।
पाकिस्तानले बंगलादेशसँगको खेल जितेपनि इंग्ल्याण्ड नै चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्नेछ। किनकि पाकिस्तानको भन्दा न्यूजिल्यान्डको रनरेट राम्रो रहेको छ।
त्यसैले आजको खेल न्यूजिल्यान्ड र इंग्ल्याण्ड जतिक्कै पाकिस्तानका फ्यानका लागि पनि तनावपूर्ण हुनेछ।











