Kathmandu Press

अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, असार १८ : अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिना....

अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

काठमाडौं, असार १८ : अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले पराजित गरेको हो। ब्राजिलका लागि खेलको १९ औं मिनेटमा ग्राब्रिअल जेसस र ७१ औं मिनेटमा रोबेर्टो फिर्मिनोले एक–एक गोल गरे।

मेसी नेतृत्वको अर्जेन्टिनाले पटक-पटक गोलका लागि प्रयास गरेपनि सफल हुन सकेन। अर्जेन्टिनाले १४ सट हानेको थियो।

अब ब्राजिलले उपाधिका लागि भोलि बिहान हुने चिली र पेरुबीचको खेलको विजेतासँग भिड्नेछ।

प्रकाशित मिति: ११:२५ बजे, बुधबार, असार १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्