Kathmandu Press

एसिया कप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं, असार १८ : एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

बुधबा....

एसिया कप छनोटमा नेपालको विजयी सुरुआत

काठमाडौं, असार १८ : एसीसी यू–१९ एसिया कप छनोटअन्तर्गत पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

बुधबार बिहान मेलसियामा भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो। नेपालले ५४ रनको लक्ष्यलाई पाँच ओभरमै पूरा गरेको हो। नेपालका लागि पवन सर्राफले ४६ र रित गौतमले १० रन बनाए।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो। चीनका ओपनर गुआहाओ गाओ र लियाङ चेनले १३/१३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन। नेपालका लागि सागर ढकालले ६, तीलकराज भण्डारीले तीन र कमलसिंह ऐरीले एक विकेट लिए।

अब नेपालले अर्को खेल असार २० गते सिंगापुरसँग खेल्नेछ। नेपालको समूह ‘ए’मा चीन र सिंगापुर रहेका छन्। समूह ‘ए’मा रहेको म्यानमारले प्रतियोगिता सुरू हुन अघि नाम फिर्ता लिएको थियो।

समूह ‘बी’मा चार टोली छन्। जसमा मलेसिया, भूटान, हङ्कङ र थाइल्याण्ड छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्। विजयी टोलीले एसिया कपका लागि छनोट हुनेछ। फाइनल खेल असार २५ गते हुनेछ।

प्रकाशित मिति: १०:२७ बजे, बुधबार, असार १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्