भारत विश्वकप क्रिकेटको सेमिफानलमा, बंगलादेश बहिरियो
काठमाडौं, असार १८ : बंगलादेशलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा २८ रनले बंगला....

काठमाडौं, असार १८ : बंगलादेशलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा २८ रनले बंगलादेशलाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न सफल भएको हो ।
भारतसँग पराजित भएसँगै बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ ।
३१५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४८ ओभरमा सबै विकेटको क्षतिमा २८६ रन मात्रै बनाएपछि भारतले खेल जितेको हो ।
बंगलादेशका लागि शकिब अल हसनले ६६ रन बनाउँदा मोहम्मद सइफुदिनले अविजित ५१ रन बनाए । त्यस्तै सबिर रहमानले ३६ र सौम्या सरकारले ३३ रन बनाए ।बलिङतर्फ भारतका जस्प्रित बुमराहले चार विकेट लिदा हार्दिक पाण्डेयले तीन विकेट लिन सफल भए ।
टस जितेर सुरुवाति ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१४ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको थियो । बंगलादेशविरुद्ध ठूलो लक्ष्य बनाउने क्रममा भारतका रोहित शर्माले शतक बनाए । उनले ९२ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै १०४ रन बनाए ।
त्यस्तै, केएल राहुलले ७७ रन बनाए । पहिलो विकेटका लागि रोहित र राहुलले १८० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए । त्यस्तै, रिषभ पन्तले ४८ रन बनाउँदा महेन्द्रसिंह धोनीले ३५ रन बनाए ।बंगलादेशका लागि मुस्ताफिजुर रहमानले पाँच विकेट लिए ।











