जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड
काठमाडौं, असार २३ : जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट भएको छ।लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बुधबार बिहान...
काठमाडौं, असार २३ : जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँट भएको छ।
लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बुधबार बिहान आइपिओ बाँडफाँड भएको हो।
मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँट गरिएको आइपिओ १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर पाएका छन्। जसमा ५ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन्।
यस लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो।
निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको हुँदा बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणमा बाँडफाँट गरिएको हो।
सो शेयरमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ।











