Kathmandu Press

राष्ट्रसंघद्वारा भेनेजुयलाको तनाव अन्त्यका लागि आह्वान

संयुक्त राष्ट्रसंघ, माघ १३- संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको ....

राष्ट्रसंघद्वारा भेनेजुयलाको तनाव अन्त्यका लागि आह्वान

संयुक्त राष्ट्रसंघ, माघ १३- संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो रहेको बताएका छन् । 

'हामीले भेनेजुयलाका जनताले शान्ति र सम्वृद्धि तथा मानव अधिकारको प्रत्याभूत गराउनका लागि राजनीतिक समाधान खोज्नुपर्ने अवस्था आएको छ,' राष्ट्रसंघका उच्च राजनीतिक तथा शान्तिनिर्माण मामिला अधिकारी तथा उप महासचिव रोजमेरी डिकार्लोले बताए । 

Hardik ivf

भेनेजुयलामा गत हप्ताको बुधबार विपक्षी नेता हुँवा गुइडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि यसबाट सिर्जित अवस्थाबारे छलफलका लागि बोलाइएको १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा डिकार्लोको उक्त भनाइ आएको हो । 

भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनबाट चुनिएर आएका राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको कार्यभार पुनः सम्हालेको दुई हप्तामै प्रतिपक्षी नेता गुइडोले आफुलाई राष्ट्रपति घोषणा गरे पछि गुइडोको पक्ष तथा विपक्षमा विश्वका विभिन्न मुलुकहरूले भनाइहरू राखेका छन् ।

आन्तरिम राष्ट्रपतिको घोषणालाई संयुक्त राज्य अमेरिका, ब्राजिल र पेरूले समर्थन दिएका छन् । रूस, चीन, टर्कीलगायतका मुलुकले निर्वाचित राष्ट्रपति मदुरोप्रति नै समर्थन देखाएका छन् । युरोपेली सङ्घमा आवद्ध मुलुकहरूले तत्काल निर्वाचन गर्न राष्ट्रपति मदुरोलाई दवाव दिएका छन् । उनीहरूले आठ दिनभित्र निर्वाचनको मिति नतोके अन्तरिम राष्ट्रपति गुइदोलाई समर्थन गर्ने शनिबार जनाएका थिए । 

यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि बुधबार नै आफ्ना प्रवक्तामार्फत जारी गरेको विज्ञप्तिमा भेनेजुयला लगायत दक्षिण अमेरिकी मुलुकको ‘तनाव कम गर्न’ समावेशी तथा विश्वासिलो राजनीतिक पहलको आवश्यकता रहेको बताएका थिए । 

शनिबार महासचिवले सङ्कट समाधानका लागि पुनः आफू मातहतका निकायलाई निर्देशन दिएका बताउँदै उपमहासचिव डि कार्लोले भेनेजुयलाका जनताले मानव अधिकारको पूर्णतया उपभोग गर्ने अवस्थाको वातावरण हुनु सबैको मुख्य चासोको विषय भएको बताएका हुन्।

प्रकाशित मिति: १९:३९ बजे, आइतबार, माघ १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्