सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं, असार २२ : मंगलबार स्थानिय बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ।आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौं, असार २२ : मंगलबार स्थानिय बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ।
आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत सोमबार बजारमा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदी ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३३० रुपैयाँ पुगेको छ।
यस्तै तेजाबी सुनको मूल्य समेत मंगलबार प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै मंगलबार ९१ हजार ३०० रुपैया पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:०० बजे, मंगलबार, असार २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











