विदेशका लागि ‘छ माया छपक्कै’ एक करोडमा विक्री
काठमाडौं, असार १७ : केही सिन र गीतको छायांकन बाँकी छँदै फिल्म ‘छ माया छपक्कै’ विदेशका लागि विक्री भएको छ।
विदेशमा प्रदर्शन गर्नक....

काठमाडौं, असार १७ : केही सिन र गीतको छायांकन बाँकी छँदै फिल्म ‘छ माया छपक्कै’ विदेशका लागि विक्री भएको छ।
विदेशमा प्रदर्शन गर्नका लागि ‘छ माया छपक्कै’ टिमले निशान बजगाइँलाई एक करोड १० लाखमा ‘ओभरसिज राइट्स’ विक्री गरेको छ।
यो फिल्मले केही सिन र गीत सुटिङ बाँकी राख्दै करिब ३८ दिनको सुटिङ सकेर ‘एन्डक्लाप’ गरेको थियो। फिल्म निर्देशक दीपेन्द्र लामाका अनुसार, ‘छ माया छपक्कै’ सोसियो पोलिटकल रोमान्स जनरामा बनेको फिल्म हो। यो कमेडी, राजनीति, मायाप्रेम र सामाजिक विषयको ‘कम्प्लिट प्याकेज’ भएको उनको भनाइ छ।
यति धेरै मूल्यमा ओभरसिज राइट्समा विक्री भएको यो पहिलो फिल्म हो। यसअघि ‘छक्कापञ्जा’को डिजिटल र ओभरसिज राइट्स एक करोड १० लाखमा विक्री भएको थियो। यो फिल्मको भने ओभरसिज राइट्स मात्रै एक करोड १० लाखमा बेचिएको हो।
यो फिल्म ग्रामीण परिवेशमा छायांकन गरिएको छ। यसमार्फत नेपालीपन देखाउन खोजेको निर्देशक लामाले बताए।
रोहित अधिकारीले आमा सरस्वती मुभिजसँग मिलेर निर्माण गरेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, सुपुष्पा भट्ट, शिशिर बाङ्देल, दीपक क्षेत्री, अनुराग कुँवरलगायतको मुख्य भूमिका रहेको छ। फिल्म आउदो दशैंमा रिलिज हुनेछ।












