Kathmandu Press

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि

रियाद, साउदी अरब, माघ १३- साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा ....

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि

रियाद, साउदी अरब, माघ १३- साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल्यमा वृद्धि भएको उक्त कम्पनीले जनाएको छ । 

साउदी अरबमा सबैभन्दा ठूलो पेट्रोल कम्पनी एसएबीआइसीले जारी गरेको विज्ञप्तिमा गत बर्षको अन्तिम त्रैमासिकमा कम्पनीको नाफा १२.४ प्रतिशतमा झर्दा ८६ करोड ४० लाख अमेरिकी डलरको कारोबार भएको थियो । सन् २०१७ को सोही समयमा कम्पनीले ९८ करोड ७० लाख अमेरिकी डलरको कारोबार गरेको थियो । 

कम्पनीले खुद नाफामा कमी हुनुको कारण पेट्रोलको निम्न मूल्य कायम हुनु र कम्पनी आवद्ध संस्थाको कारोबार अभियानमा देखिएको सुस्तता जिम्मेवार भनेको छ । 

यद्यपि एसएबीआइसीले सन् २०१८ को समग्र कारोबारमा कम्पनीको खुद नाफा १७ प्रतिशतले वृद्धि भएको जनाएको छ । 

विश्वका ठूला १० शैलरासायन कारोबार कम्पनीमध्येको एक एसएबीआइसीले सन् २०१८ को खुद नाफा पाँच अर्ब ७४ करोड अमेरिकी डलर रहेको बताएको छ । अघिल्लो बर्ष उक्त कम्पनीको खुद नाफा चार अर्ब ९१ करोड रहेको थियो । 

सन् २०१८ मा पेट्रोलको मूल्यमा क्रमिकरूपमा वृद्धि देखिएको भएपनि चौथो त्रैमासिकमा ४० प्रतिशतले घटेको थियो । 

प्रकाशित मिति: १९:३४ बजे, आइतबार, माघ १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्