Kathmandu Press

सम्बन्ध विच्छेदपछि दंगल गर्ल फातिमासँग जोडियो आमिरको नाम

काठमाडौं, असार २० : बलिउड अभिनेता आमिर खानको दोस्रो वैवाहिक सम्बन्ध विच्छेद भएसँगै उनको नाम अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ। शनिबार आमिर खान र...
सम्बन्ध विच्छेदपछि दंगल गर्ल फातिमासँग जोडियो आमिरको नाम

काठमाडौं, असार २० : बलिउड अभिनेता आमिर खानको दोस्रो वैवाहिक सम्बन्ध विच्छेद भएसँगै उनको नाम अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ। 

शनिबार आमिर खान र पुर्वपत्नी किरण रावले संयुक्त विज्ञप्ति जारी गर्दै सम्बन्ध विच्छेदको खबर आएसँगै अभिनेत्री फातिमा सना शेख सोसल मिडियाको ट्रेन्डिङमा छाएकी छिन्। 

उनीहरूको सम्बन्ध टुट्नुमा फातिमाको भूमिका रहेको भन्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले उनको आलोचना गरिरहेका छन्।

फिल्म ‘दंगल’ मा आमिर र फातिमा बुवाछोरीको भुमिकामा देखिएका थिए। यसका साथै फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा समेत उनीहरूले एकसाथ काम गरेका छन्। 

त्यसैबेला दुबैका फोटोहरू समेत भाइरल भएका थिए। विभिन्न सञ्चार माध्यमहरूले सन् २०१६ देखि २०१९ को बीचमा उनीहरूबीच प्रेमसम्बन्ध रहेको बताइए पनि फातिमाले भने अस्वीकार गर्दै आएकी छिन्।

प्रकाशित मिति: १५:५३ बजे, आइतबार, असार २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्