Kathmandu Press

युवा खेलाडीको सतकले श्रीलंका विजयी

काठमाडौं, असार १७ : आईसीसी विश्वकपको हिजो राति भएको खेलमा वेस्ट इन्डिजलाई २३ रनले हराउदै श्रीलंका विजयी भएको छ।

पहिले ब्याटिङ गरेको श्रीलंका....

युवा खेलाडीको सतकले श्रीलंका विजयी

काठमाडौं, असार १७ : आईसीसी विश्वकपको हिजो राति भएको खेलमा वेस्ट इन्डिजलाई २३ रनले हराउदै श्रीलंका विजयी भएको छ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ६ विकेटको क्षतिमा तीन सय ३८ रन बनाएको थियो। श्रीलंकाका लागि युवा खेलाडी अभिस्का फर्नान्डोले एक सय चार रन बनाए। २५ वर्षीय मर्नान्डोले दुई चौका र नौ छक्का प्रहार गर्दै सतक बनाएका हुन्।

तीन सय ३९ रनको विजय लक्ष्य पछ्याएको वेस्ट इन्डिजले राम्रो सुरुआत गरेको थियो। क्रमिक रुपमा विकेट झर्दै गएपछि युवा खेलाडी निकोलस पुरनले श्रीलंकालाई सम्हालेका थिए। उनले एक सय तीन बलमा एक सय १८ रन बनाए।

उनी ४७औं ओभरमा एन्जेलो मेन्थ्युको पहिलो बलमै आउट भएपछि श्रीलंका खेलमा फर्किएको थियो। वेस्ट इन्डिज नौ विकेटको क्षतिमा एक सय १५ रनमै समेटियो।

आजको खेल भारत र बंगलादेशबीच हुनेछ। भारत सेमिफाइनलको यात्रा तय गर्न मैदानमा उत्रिने छ भने बंगलादेश सेमिफाइनल पुग्ने संभावना जिवितै राख्न खेल्नेछ।

प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, असार १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्