कोरोना खोप लगाएकालाई श्री एयरलाइन्सले १० प्रतिशत छुट दिने
काठमाडौं, असार १८ : श्री एयरलाइन्सले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ।उडानलाई थप सुरक्षित बनाउन र सरकारको...
काठमाडौं, असार १८ : श्री एयरलाइन्सले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका यात्रुलाई १० प्रतिशत छुट दिने भएको छ।
उडानलाई थप सुरक्षित बनाउन र सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहित गर्न यस्तो योजना ल्याइएको श्री एउयरका प्रबन्धक अनिल मानन्धरद्वारा जारी प्रेस नोटमा जनाइएको छ।
यो छुट योजनामा सहभागी हुने यात्रुले कोरोना खोप लगाइसकेपछि सरकारले प्रदान गरेको कार्ड भने अनिवार्य रुपमा पेस गर्नुपर्ने एयरलाइन्सले जनाएको छ।
श्री एयरलाइन्सको जुननुकै काउन्टरबाट टिकट काटे पनि यो छुट पाउन सकिने एयरलाइन्सको भनाइ छ। श्रीले अहिले धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगर, भद्रपुर र सिमरामा उडान गर्दै आएको छ।
प्रकाशित मिति: १५:३१ बजे, शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











