Kathmandu Press

गोपी, बुलबुल र कथा ७२ लाई विशेष चलचित्र पुरस्कार 

काठमाडौं, असार १६ : चलचित्र विकास बोर्डले तीन नेपाली चलचित्रलाई विशेष चलचित्र पुरस्कार प्रदान गरेको छ।

बोर्डको १९ औं वार्षिकोत्सवको अवस....

 गोपी, बुलबुल र कथा ७२ लाई विशेष चलचित्र पुरस्कार 

काठमाडौं, असार १६ : चलचित्र विकास बोर्डले तीन नेपाली चलचित्रलाई विशेष चलचित्र पुरस्कार प्रदान गरेको छ।

बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा सोमबार २०७५ सालमा प्रदर्शनमा आएका गोपी,  बुलबुल र कथा ७२ लाई विशेष चलचित्रबाट पुरस्कृत गरिएको हो। पुरस्कृत फिल्मले जनही २–२ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

नेपालबाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पठाउन मिल्ने, कलात्मक मूल्य बोकेका  तर बक्स अफिसमा खासै व्यापार गर्न नसकेका फिल्मलाई विशेष चलचित्रमा छानिन्छ। राम्रो भएर पनि व्यापार गर्न नसकेको फिल्म टिम र विशेषगरी  निर्मातालाई केही आर्थिक राहत उपलब्ध गराउने सोचका साथ चार वर्ष अघिदेखि विकास बोर्डले यो पुरस्कार प्रदान गर्न थालेको हो।

Hardik ivf

अब अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल हुँदा बोर्डले पहिलो प्राथमिकता यी तीन  चलचित्रलाई दिनेछ। पुरस्कारवापत दिइएको दुई लाख फिल्म फेस्टिबलमा भाग लिन जाँदा अंग्रेजी सब–टाइटल राख्न लगायत अन्यमा खर्चिनु पर्नेछ।

लगातार आफ्ना दुई फिल्म विशेष चलचित्र पुरस्कारमा छानिएकोमा चलचित्र गोपीका निर्देशक दीपेन्द्र लामाले खुशी व्यक्त गरे। उनले भने, ‘यसअघि घामपानीले पनि विशेष चलचित्र पुरस्कार पाएको थियो। र, यो पटक गोपी पनि विशेष चलचित्रमा छनोट हुँदा खुशी छु। यसले पुरै फिल्म टिम लगायत फिल्मका निर्मातालाई केही सहयोग पुग्नेछ।’

निर्देशक लामा विशेष चलचित्र पुरस्कारलाई एक खालको प्रोत्साहन मान्छन्। तर, यसले अझै धेरै जिम्मेवारी बोध गराउने उनको भनाइ छ। ‘दर्शकले अब आगामी बन्ने फिल्म पनि यस्तै कलात्मक र आर्टिस्टिक भ्यालु बोकेको होस् भन्ने आशा गर्छन्। दर्शकको बढ्दो आशामा खरो उत्रिनु पर्ने जिम्मेवारी निर्देशकको हुन्छ,’ उनले भने।

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट चलचित्रकर्मीहरुलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेमा पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा र संगीतकार शम्भूजित बाँस्कोटा रहेका छन्।

यसैगरी, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायाँकार मन्जुकुमार श्रेष्ठ, ध्वनी विज्ञ प्रदीप कुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी कलाकार दोशी आखी इतो (जापान), चलचित्र पत्रकार विजयरत्न तुलाधर, विज्ञापन एजेन्सी(आन)का पूर्वअध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम दोहा, राजकुमार पोखरेल र नकिम उद्दिन पनि सम्मानित भएका छन्।

 

प्रकाशित मिति: १९:०० बजे, सोमबार, असार १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्