Kathmandu Press

'फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान : कांग्रेस

काठमाडौं, असार १७ : नेपाली कांग्रेसले कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका फ्रन्टलाइनरहरूको सम्मानमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपनामा भएको...
'फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान : कांग्रेस

काठमाडौं, असार १७ : नेपाली कांग्रेसले कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका फ्रन्टलाइनरहरूको सम्मानमा रत्नपार्कको आकाशे पुलमुनि बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपनामा भएको बताएको छ।

बिहीबार कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै फ्रन्टालाइनमा खटिएकाहरुलाई कदर गर्दै सम्मान प्रकट गर्दा सह्राना गर्नुपर्नेमा त्यस विपरीतको व्यवहार गरिएको बताएका छन्।

Hardik ivf

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनेकौं समाचारको भीडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । तर लिखित अनुमति लिएर, फ्रन्टलाइनमा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाई होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको व्यवहार किमार्थ हुन सक्दैन । काठमाडौंको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले सहरको सौन्दर्यमा असर गरेको थियो ? महानगर स्वयंले चित्र निर्माण गर्ने योजना हो त के त्यो एउटा चित्रले शहरका सबै पर्खाल ओगटेको थियो ? यस्तो आवेगयुक्त र अपमानजनक व्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित छ ?’

कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले फ्रन्टलाइनमा जुधिरहेका स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामूहिक चित्र दुई साताअघि पुलमुनिको पर्खालमा निर्माण गरेका थिए ।

कलाकार दुजाङ शेर्पालको परिकल्पनामा उक्त मुरल निर्माण गरिएका थिए । वडा कार्यालयको अनुमति लिएर मुरल बनाइएपनि काठमाडौं महानगरपालिकाले मेटिदिएको थियो । 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्