दुई महिनापछिको उडानमा यात्रुको उत्साहजनक सहभागिता : बुद्ध एयर
काठमाडौं, असार १७ : झन्डै दुई महिनापछिको पहिलो उडानमा यात्रुको उत्साहजनक निकै सहभागिता रहेको बुद्ध एयरले जनाएको छ। आज (बिहीबार) एक विज्ञप्ति जारी...
काठमाडौं, असार १७ : झन्डै दुई महिनापछिको पहिलो उडानमा यात्रुको उत्साहजनक निकै सहभागिता रहेको बुद्ध एयरले जनाएको छ। आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले त्यस्तो जानकारी दिएको हो।
कोरोना महामारकिा कारण निषेधाज्ञाका कारण ५८ दिनदेखि बन्द हवाई उडान आज (बिहीबार) सुरु भएको हो।
सरकारको निर्देशनअनुसार बन्दाबन्दीभन्दा अघि हुने उडान संख्याका आधारमा अहिलेलाई ५० प्रतिशतमा झारिएको छ। बुद्ध एयरले दैनिक ३१ उडान पाएको जनाइएको छ।
३१ वटा उडानबाट झन्डै ३८ सय यात्रुले आवतजावत गर्न सकने विज्ञप्तिमा उल्लेख छ। बुध्द एयरका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार पहिलो दिन सो एयरलाइन्समा ३५ सय बुकिङ भएको थियो।
‘यो हाम्रो लागि निकै उत्साहजनक संख्या हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘पहिलो बन्दाबन्दीपछिको उडानमा यत्तिको सहभागिता थिएन।’
नागरिक उड्डयन प्राधिकरणको उडान तालिका अनुसार हरेक घण्टामा ७ उडान मात्रै हुने हुँदा विमानस्थलमा भिडभाड देखिएको छैन।
कोभिडविरुद्धको निर्देशिकाअनुसार उडान सेवा सञ्चालन भइरहेको छ । हरेक यात्रुको तापक्रम मापन, ह्याण्ड सेनिटाइजरको व्यवस्था, विमानभित्र मास्क र फेशशिल्डको अनिवार्य प्रयोग सुरक्षाका प्रमुख उपायहरु अपनाएको बुद्ध एयरको भनाइ छ।
बढीपहिराले बाटोघाटो असहज भएका गन्तव्यमा बुध्द एयरले उडान थप गरेको पनि विज्ञप्तिमा जनाइएको छ। बुध्द एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर-७२, तीन वटा एटीआर-४२ र दुईवटा बिचक्राफ्ट जहाज छन्।











